स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

एकैदिन २३ सय बढ्यो सुन

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अमेरिकी अर्थतन्त्रको वृद्धिदर सुस्त देखिएपछि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उच्च दरले बढेको छ । यो प्रभाव शुक्रबार नेपाली बजारमा देखिएको हो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १९१५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन १८८५ रुपैयाँ थियो ।