काठमाडौं ।एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीचको खेल बिहान ११:४५ बजे हुनेछ। पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो। सुपर फोरमा श्रीलंकाविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले आज बंगलादेशसँग सुपर फोरको दोस्रो खेल खेल्न लागेको हो। नेपाललाई बंगलादेशलाई पराजित गर्दै फाइनल पुग्ने अवसर छ। आजको खेल पनि वर्षाका कारण रद्द भए रनरेटमा अघि रहँदै बंगलादेश फाइनल पुग्नेछ।





