स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बौनियामा ७औं बर्दगोरिया   सेती लोकमार्ग पहिचान महोत्सव २०८१हुने।  को को आउदै छन  कलाकार ?

बौनिया । बौनिया बजार व्यवस्थापन समितिले ७औं बर्दगोरिया सेती लोकमार्ग  पाहिचन  महोत्सव  २०८१   आयोजना गर्ने भएको छ। बौनियाबजार स्थित बौनिया बसपार्कमा यही पौष ९  गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने समितिले जनाएको छ।


२०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण विगत तीन वर्ष यता सञ्चालन हुन सकेको थिएन। महोत्सवको तयारी तीव्र रूपमा भैरहेको समितिले जानकारी दिएको छ।


महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले गर्ने तयारी भैरहेको अध्यक्ष देबराज स्वारले बताए।करिब १५० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाइल्स लगायतको प्रर्दशनी रहनेछ। करिब ७० प्रतिशत स्टल बुकिङ भैसकेको स्टल सयोजक देब चौधरीले जानकारी दिए।


महोत्सवस्थलभित्र यसवर्ष पनि थारु गाउँ र मगार गाउँ समेत निर्माण गरिने भएको छ। थारु गाउँ भित्र थारु भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक दिपक गौतमले जानकारी दिए।यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहनेछ। महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने संयोजक गौतमले बताए। उनले विद्यार्थीहरूको क्षमता प्रदर्शनका लागि नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।