धनगढी । कैलालीको गोदावरी नगरपालिका -८ स्थित मजगाउमा नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले राईस मिल सञ्चालनमा ल्याएको छ ।

आइतबार सहकारीको ३१ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित एक कार्यक्रम बिच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बल राम अधिकारीले राईस मिलको उद्घाटन गरेका छन् । सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्रान्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको सहकारीका सदस्य गोपाल पाठकले जानकारी दिए । उनले राईस मिल सञ्चालनका लागि सहकारीले यस वर्ष ५ करोडको धान खरिद गरेको बताए ।




