स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

नेपाल प्रहरीमा नयाँ भर्ना खुला

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै, प्रहरी कार्यालय सहयोगी भान्छे ४७ जना र कुचीकारका लागि ११ जना माग गरेको सूचनामा उल्लेख छ ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ देखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।