धनगढी। मेष: मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसँग सल्लाह अवश्य लिनुहोला। घर परिवारमा मांगलिक कार्य हुन सक्ला। व्यापार व्यवसायमा मातापिताको आशीर्वाद लिएर निस्किदा लाभ मिल्नेछ।
वृष : नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् विशेष सफलता मिल्नेछ। जीवन साथीको प्रगतिले मन प्रसन्न रहनेछ। आर्थिक कारोबारमा दीर्घकालीन योजना बन्नेछ। धार्मिक यात्रा हुन सक्ला।
मिथुन : कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो बारेमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ।
कर्कट : दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने व्यापार व्यवसायमा पनि लाभ रहेको छ। साझेदारी व्यापारमा सानातिना कुरालाई नजर अन्दाज गर्नुहोस् नभए मनमुटाव हुन सक्ला। साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ।
सिंह : व्यापारमा लाभ हुनाले मन सन्तुष्ट रहनेछ। हजुरको साहस र धैर्य देखेर शत्रुपक्ष पराजित हुनेछन्। सांसारिक सुख सुविधामा धन खर्च हुनेछ। वित्तीय लेनदेन नगर्नुहोस्।
कन्या : कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूले समस्या दिनेछन्। नयाँ नोकरीको लागि गरिएको प्रयास सफल रहनेछ। सामाजिक कार्यमा धन खर्च हुनसक्छ। घरपरिवारमा कुनै मनमुटाव थियो भने सुल्झिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
तुला : पुरानो मित्रको सहायोगले रोकिएको काम प्रारम्भ हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अशान्त रहनेछ। सवारी साधनमा धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्ष सक्रिय रहनेछन्। अध्ययनमा प्रगति हुनेछ।

वृश्चिक : नोकरी वा पेशामा अधिकारीवर्गबाट प्रशंसा मिल्नेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सानो प्रयत्नले गर्दा जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
धनु: राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। सांस्कृतिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा हजुरको बुद्धि र ज्ञानको प्रशंसा हुनेछ। उच्च महत्वकांक्षाले समस्याहरू पनि निम्त्याउनेछ।
मकर : नोकरी वा पेशामा अप्ठ्यारो कामको नेतृत्वमा सफल हुनाले अधिकारिवर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ।
कुम्भ : सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ खानपानको विशेष ध्यान राखौं। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्ने छ।
मीन : शेयर बजारबाट मनग्य लाभ मिल्ने सम्भावना छ। भाग्यको पूरा साथ मिल्नेछ। अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ।




