स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सेयर बजारबाट कहाँ गयो पैसा ?

काठमाडौं । साउन ३१ गते सेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार रेकर्ड बन्यो । सो दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भयो । भदौको पहिलो कारोबार दिन २ गते २८ अर्ब ८३ करोडको कारोबार भयो । त्यसपछिका कुनै पनि दिन कारोबार रकम २० अर्ब पनि पुगेन ।


त्यसयता बजारको परिसूचक नेप्से घट्दै गयो र कारोबार रकम पनि ओरालो लाग्दै अहिले १० अर्बमुनि खुम्चिन थालेको छ । एक महिनाकै अन्तरमा कारोबार रकम एकतिहाइभन्दा कममा खुम्चिएपछि कतिपय लगानीकर्ता बजारबाट ठूलो रकम बाहिरिएको अनुमान गर्छन् ।


यहीं कारण आत्तिएर नोक्सानमै सेयर बेच्न थालेका छन् । अकस्मात बजारमा ठूलो रकम भित्रियो, सो रकमले करेक्सनविना बजारको परिसूचक बढाउँदै लग्यो तर साउन मसान्ततिर वा नेप्से ३ हजार आसपास पुग्दा बुक भएको नाफासहितको रकम बजारबाट बाहिरिएको केहीको बुझाइ छ ।