स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते

कैलाली। कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन्। जिल्लाको  गोदावरी नगरपालिका–२ मा महेन्द्रनगरबाट अत्तरिया आइरहेको से ४ प १०५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको ०१–०२–०५५ प १५३९ नम्बरको स्कुटर ठोक्किदा दुर्घटना भएको हो।

मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका–२ का भुपेन्द्र चन्द, स्कुटर चालक गौरीगंगा नगरपालिका–३ का ३० वर्षीय सरोज नेपाली र पछाडि सवार  गौरीगंगा–२ की २६वर्षीया गरिमा धामी घाइते भएका छन्।मोटरसाइकल चालक चन्दको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।  दुई जना घाइतेको पदमा अस्पतालमा उपचार भइरहेको  छ।