स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बडिमालिका गएका एक दर्शनार्थीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा – धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक जेष्ठ नागरिकको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका ५ लुङग्राकी अन्दाजी ६३ बर्षिय पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

भाद्र २ गते बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जादैँ गरेकी खड्कालाई लेक लागेपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।