स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अझै सुरु भएन

धनगढी । कैलालीको डल्फिन अवलोकन क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरसार छैन । पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले काँढा र पथरैया नदीको सङ्गमस्थलमा तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि सर्भे गरेको थियो । टीकापुर नगरपालिका–७ स्थित बैदी, भजनी नगरपालिका–३ को दैलेखी टोल र वडा नम्बर ८ को काँढाढिक गाउँलाई जोड्ने गरी पुल निर्माणको सर्भे भए पनि काम भने सुरु हुन सकेको छैन । 

तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने भनिएको स्थान दुर्लभ डल्फिन अवलोकन गर्ने ठाउँ हो । बर्खाभरि सो स्थानमा गङ्गेटिक प्रजातिको डल्फिन देखिन्छन् । पुल निर्माण भए पछि राम्ररी डल्फिन अवलोकन गर्न सकिने र पर्यटकको आकर्षण  बढ्ने स्थानीयको विश्वास छ । स्थानीयले पुल निर्माणको माग गर्दै आफूहरूले सरोकारवालालाई घचघच्याउँदै आएको उल्लेख गर्नुभयो । झोलुङ्गे पुल नहुँदा स्थानीयले डुङ्गाको भरमा जोखिम मोलेर ओहोरदोहोर गर्दै आएका छन् । सो ठाउँमा डल्फिन मात्रै नभई  मगर, गोही र घडियालसमेत रहेकाले डुङ्गामार्फत ओहोरदोहोर  गर्न निकै जोखिमयुक्त रहेको जनाइएको छ ।