स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

अब छहरा झरना प्रवेश गर्न शुल्क तिर्नुपर्ने

कैलाली ।डोटीको छहरा झरना प्रवेश गर्न शुल्क निर्धारण गरिएको छ । जोरायल गाउँपालिकाको वडा नम्बर २ ले प्राकृतिक छहरा झरना प्रवेशका लागि शुल्क तोकेको हो ।

वडा कार्यालयले सोमबार एक सूचना जारी गर्दै प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनाको विकासका लागि राजश्व सङ्कलन गरी झरनाको विकास गर्न प्रवेश शुल्क तथा पार्किङ शुल्क उठाउने निर्णय गरिएको जनाएको छ । वडा अध्यक्ष वीर बहादुर दर्लामीद्वारा जारी सूचनामा साउन २१ गते वडा समिति तथा जोरायल गाउँपालिकाले शुल्क तोक्ने निर्णय गरेको उल्लेख छ ।


जसअनुसार अब आन्तरिक पर्यटकले छहरा झरना अवलोकन गर्न प्रति व्यक्ति २० बाह्य पर्यटकले ५० र विद्यार्थीले १० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

यस्तै सवारी पार्किङको शुल्क पनि निर्धारण गरिएको छ । जसअनुसार बाइक (मोटरसाइकल) २०, जिप/भ्यान/कारको ५० र बस तथा ठुला सवारी साधनको १ सय रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । प्राकृतिक झरनाको शुल्क लिएपछि सर्वसाधारणबाट भने यसको विरोध गरिएको छ ।