स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

नागरिक उन्मुक्तिका अरूण चौधरी बने राज्यमन्त्री

धनगढी । संघीय मन्त्रिपरिषद्मा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरी राज्यमन्त्री भएका छन्।

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन्।

रञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए। अरूण चौधरी रेशम चौधरी पक्षका हुन्।

यस्तै कांग्रेसका रुपा बिक वन राज्यमन्त्री र पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शुक्रबार राज्यमन्त्री नियुक्त गरी कार्यविभाजनसमेत गरेका हुन् ।