स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

टेकु अस्पतालको इमर्जेन्सीमा छिरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हातपात गर्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं, कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन् ।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १:०० बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका उनीहरूले ड्युटीमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गालीगलौज, धाकधम्की दिनुका साथै हातपात समेत गरेका थिए । उक्त घटनाको सीसीटीभी फुटेजसमेत सामाजिक सञ्जालमा बाहिरिएको थियो

घटनाको सूचनालगत्तै प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरूलाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तीनै जनाविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ