स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

वीरेन्द्र विद्या मन्दिरका हेमन्त बहादुर साउदले कक्षा १२ मा ४ जीपीए ल्याउँदै नेपाल टप


सागर चौधरी /बौनिया।टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थी हेमन्त बहादुर साउदले कक्षा १२ को ब्याच २०८२/०८३ मा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालभर उत्कृष्ट स्थान प्राप्त गरेका छन्।


साउदले कक्षा १२ को परीक्षामा सबै विषयमा ४ जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गरेको विद्यालयका प्राचार्य प्रेम चौधरीले जानकारी दिए। उनका अनुसार साउदको यो उपलब्धिले विद्यालयको शैक्षिक पहिचानलाई थप उचाइमा पुर्‍याएको छ।


मेहनत, लगनशीलता र निरन्तर अध्ययनको परिणामस्वरूप प्राप्त यो सफलताले साउदको परिवार, विद्यालय परिवार तथा अभिभावकहरूमा खुसी छाएको छ। उनको उत्कृष्ट नतिजाले अन्य विद्यार्थीलाई समेत अध्ययनमा थप मेहनत र लगनशील हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।
विद्यालयका प्राचार्य चौधरीले साउदको सफलताप्रति बधाई व्यक्त गर्दै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिएका छन्।


कक्षा १२ मा सबै विषयमा ४ जीपीए हासिल गरी नेपाल टप गरेको उपलब्धि वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका लागि गौरवको विषय बनेको छ।