स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सेवा नै धर्म हो :एन.टि.बि.एस. इङ्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरूले बाढीपीडितलाई गरे आर्थिक सहयोग


बौनिया। बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डामा रहेको एन.टि.बि.एस. इङ्लिश बोर्डिङ स्कुलका कक्षा ६ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।


विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचत गरेको रकम संकलन गरी रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि रु. १ हजार ३ सय ७० आर्थिक सहयोग गरेका छन्।


सानै उमेरमा आफ्नो दैनिक खाजा खर्चबाट रकम बचत गरी विपद्मा परेका नागरिकको सहयोगका लागि प्रदान गरेको यो कार्यले विद्यार्थीहरूमा रहेको मानवता, सहयोगी भावना र सामाजिक उत्तरदायित्व झल्काएको छ।
विद्यार्थीहरूको यो सहयोग रकम आर्थिक रूपमा सानो भए पनि विपद्मा परेका पीडितप्रतिको माया, सद्भाव र सहयोगको भावना भने निकै ठूलो रहेको विद्यालयले जनाएको छ।


‘सेवा नै धर्म हो’ भन्ने भावनालाई व्यवहारमै उतार्दै सहयोग गर्ने कक्षा ६ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको यस कार्यको प्रशंसा गरिएको छ।