स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीमा रहेको सि पि  अस्पतालद्वारा बाढी पीडितका लागि ३लाख ३५  हजार सहयोग

बौनिया।  धनगढीमा रहेको   सि पि अस्पताल   प्रा.ली ले रसुवाका बाढी प्रभावितलाई सहयोग गरेको छ ।

सि पि अस्पतालले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी उद्दार कोषमा ३ लाख ३५ हजार ३ सय  पैतिस रुपैयाँ सहयोग रकम जम्मा गरेको हो ।

अस्पतालका प्रशासन प्रमुखले  सामाजिक उत्तरदायित्व अन्तरगत बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी उद्दार कोषमा उक्त सहयोग रकम जम्मा गरिएको जानकारी दिए ।

उनकाअनुसार कोषमा सो रकम सोमबार जम्मा गरिएको हो । साथै  सि पि अस्पतालले बाढीमा परेर घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ज्यान गुमाएकाप्रती दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिदै सम्पर्कविहीन नागरिक सकुशल फेला परुन भन्ने कामना समेत अस्पतालले   गरेको छ ।