बौनिया/कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिँदै गएको छ। नेपाली काङ्ग्रेसका उम्मेदवार विजय बहादुर स्वार यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा स्वारले गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। स्वारले यश क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना रहेको दाबी गर्दै मतदाताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मतदाताका अनुसार स्वारको सक्रियता र विकाससम्बन्धी योजनाले सकारात्मक प्रभाव पारेको छ। घरदैलो कार्यक्रममार्फत उनले नागरिकका गुनासा र सुझावसमेत संकलन गरिरहेका छन्।

यसैबीच, मोहन्याल–३ फल्लेबिसौनालगायत विभिन्न स्थानमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि घरदैलो अभियानमा सक्रिय छन्। उनीहरूले मतदातालाई मतदानको महत्वबारे जानकारी दिँदै पार्टीको चुनाव चिह्न ‘रुख’मा मतदान गर्न अपिल गरिरहेका छन्।

क्षेत्र नम्बर २ मा बढ्दो चुनावी गतिविधिसँगै प्रमुख दलहरूबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ–आफ्ना कार्यक्रमसहित मतदाता समक्ष पुगिरहेका छन्।




