
सागर चौधरी/ बौनिया। पुस पन्ध्रको उपलक्ष्यमा दिलके बात बोलको नयाँ थारु म्युजिक भिडियो सार्बजनिक भएको छ । हेम प्रकाश कठरियाको शब्दमा तयार भएको गितमा गायिका समिक्षा चौधरी र गायक सत्यन कठरियाको सुमधुर स्वर सुन्न सकिन्छ ।

गणेश चौधरीको संगित र चन्द्र चौधरीको मिक्स मास्टरिङ रहेको उक्त गित काठमाण्डौ स्थित एकुष्टिक नेपाल एच.डि स्टुडियोमा रेकर्ड भएको निर्माण पक्षले जनाएको छ ।

म्युजिक भिडियोमा अहिलेका चर्चित थारु म्युजिक ईण्डष्ट्रिका निर्देशक आदर्श महतो निर्देशन रहेको छ । भिडियोमा मोडल सिला कठरिया, एम.जे दहितको अभिनय रहेको छ ।
भिडियाको छायाँकन कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा गरिएको र हालैमात्र उक्त म्युजिक भिडियो के .एस प्रोडक्सन यूट्यूब च्यानल बाट सार्बजनिक भएको निर्माण पक्षले बताएको छ ।





