स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

जोशीपुर बजारका चोक–चोकमा दाउरा वितरण

जोशिपुर । जोशीपुर बजार व्यवस्थापन समितिले जोशीपुर बजारमा दाउरा वितरण गरेको छ। बढ्दो चिसोबाट बच्न बजारका व्यापारी, ग्राहक तथा आवत–जावत गर्ने बटुवाहरूलाई हात सेक्न र शरीर न्यानो पार्ने उद्देश्यले दाउरा वितरण गरिएको हो।

चिसो बढेसँगै बजारका विभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने दृश्य देखिए पनि दाउराको अभाव भएको बजारबासीहरूको गुनासोलाई मध्यनजर गर्दै दाउरा वितरण गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमले जानकारी दिनुभयो।

उक्त दाउरा वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय जोशीपुरका इन्चार्ज चङ्ख कठायतको विशेष सहयोग रहेको थियो। दाउरा शंकर सामुदायिक वन र ग्रील्यान्ड सामुदायिक वनले उपलब्ध गराएका हुन् भने जोशीपुर गाउँपालिकाले जेसीबी र ट्र्याक्टर उपलब्ध गराई सहजीकरण गरेको थियो।