स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीबाट पत्रकार कुँवर र शाही एमालेको समानुपातिक उमेदवार सिफारिस

बौनिया । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि समानुपातिक तर्फ कैलालीमा नेकपा एमालेबाट २ जना पत्रकारहरु सिफारिस भएका छन ।

पत्रकार लोग्सरी कुवर र लिलाजंग शाही समानुपातिक उमेदवार सिफारिस भएका हुन ।

नेकपा एमाले कैलालीले शनिबार प्रतिनिधि सभाको समानुपातिक तर्फका उमेदवारहरू सिफारिस गरेको हो । जिल्ला कमिटीको हालै बसेको बैठकले पार्टीको केन्द्रीय निर्देशन अनुसार समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम तथा पिछडिएका वर्गको प्रतिनिधित्व हुने गरी उमेदवारहरूको नाम सिफारिस गरेको हो ।

पार्टी स्रोतका अनुसार सिफारिस सूचीमा अनुभवी नेता, पार्टी संगठनमा योगदान पु¥याएका कार्यकर्ता तथा विभिन्न समुदायको प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ । सिफारिस गरिएका नामहरू प्रदेश कमिटी हुँदै केन्द्रीय कार्यालयमा पठाइने जनाइएको छ ।

जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले समानुपातिक प्रणालीमार्फत सबै समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्ने एमालेको नीति अनुरूप सिफारिस गरिएको बताए ।

कुवर नेकपा एमाले प्रदेश समिति सदस्य हुन । उनी प्रेस चौतारी नेपालको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज भई सकेकी छिन । शाही पनि प्रेस चौतारीका पुराना नेता हुन । उनी प्रेस चौतारीको केन्द्रिय विभाग सदस्य भईसकेका ब्यक्ति हुन ।