सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम छिटो अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।
बाजुरा।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम छिटो अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।

त्रिवेणी–४ तोलीमा सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनमा उपस्थित शाहलाई बूढीगङ्गा नगरपालिका र नेपाली काँग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा पुल निर्माणसँगै नगरका सडक, दरबार संरक्षण, धार्मिक तथा पर्यटकीय क्षेत्रका विश्रामस्थल निर्माणलगायत पाँच बुँदे माग समेटिएको थियो। मुख्यमन्त्री शाहले माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको र आवश्यक समन्वय तथा सहकार्य गरिने बताएका छन्।





