स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

देशभर ८ लाख ३८ हजार नयाँ मतदाता थपिए

निर्वाचन आयोगले मतदाता नामावली दर्ता र थपको समय सकिएपछि नयाँ मतदाताको विवरण सार्वजनिक गरेको छ।

काठमाण्डौ।निर्वाचन आयोगले मतदाता नामावली दर्ता र थपको समय सकिएपछि नयाँ मतदाताको विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार, फोटो र औँठाछापसहितको जैविक विवरणमार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन्।

आयोगले राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा अनलाइन दर्ता प्रणाली उपलब्ध गराएपछि नयाँ मतदाताको संख्या बढेको हो।

प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमा नयाँ मतदाताको संख्या समावेश भएको जानकारी दिएकी छन्।आगामी फागुन २१ गते प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय हिजो सकिएको थियो।