पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट ४१ वर्षीय गम्भीर चन्दलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।
बैतडी।पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट ४१ वर्षीय गम्भीर चन्दलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।

प्रहरी निरीक्षक बलदेव बडूका अनुसार चन्दको साथबाट एक थान बन्दुक, दुई डब्बा बारुद, चार बट्टा ठुलो छर्रा,३१ वटा सानो छर्रा र एक बट्टा केभ नियन्त्रणमा लिइएको छ।
गोप्य सूचनाको आधारमा सादा पोसाकको प्रहरी टोली र हल्दुविनायक प्रहरी चौकीको समन्वयमा शुक्रबार दिउँसो महाकाली करिडोर सडक खण्डमा चन्दलाई पक्राउ गरिएको थियो।उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको छ।





