सागर चौधरी /बाैनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।

श्री नारायण आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर बि क ज्युको अध्यक्षतामा बर्दगोरिया गाउँपालिका न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा वडा सदस्य सोनिया देवी डगौराको विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष भोलेराम चौधरीले आफुले निर्वाचन पश्चात् स्थानीय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने विद्यार्थीहरुलाई शैक्षिक क्षेत्र मात्र नभएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक हिसाबले अवल गर्ने उदेश्य सहित प्रतियोगिताको संचालन गरिएको र सामुदायिक विद्यालय तर्फका अनाथ विद्यार्थी बालबालिकाहरुलाई विशेष प्रोत्साहनका लागि केहि रकम विनियोजित गरेर कापी ,सिसाकलम लगायतका समान हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा वडा ५ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु श्री जनता आ. वि,श्री सस्वती आ.वि ,श्री न्यु स्तर पब्लिक स्कुल ,श्री नारायण आ.वि ,कैलाली ज्ञानज्योति स्कुल , एल पि यु इङ्लिस मिडियम स्कुल जम्मा ६ वटा विद्यालय सहभागी रहेका थिए ।

प्रतियोगितामा आधारभुत तहका छात्रा/छात्र तर्फ म्युजिकल चैर , जेरि दौड , हिसाब दौड ,लेखक सीप , पढाई सिप, चित्र कला, भलिबल , हाइजम्प, लङ्जम्प , दौड, सतपुत दौड , कबड्डी , र हाजीरी जबाफ लगायत भएको थियोे





