बर्दगोरिया । शान्ति ,सद्भाव र मित्रताका लागी खेल भन्ने नाराका साथ बर्दगोरियामा पत्रकार मञ्चको आयोजनामा शुक्रबारबाट तेस्रो मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।

बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले यस्ता खेलकुदले आपसी मित्रता बढ्ने र शारीरिक रुपमा पनि फाईदा पुग्ने बताउदै आफू र पालिकाले गर्नु पर्ने सहयोग गर्ने बताउनु भयो ।

प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका आयोजक पत्रकार मञ्च सहित विभिन्न संघ संस्था गरि ८ टिमको सहभागिता रहेको छ । शुक्रवार भएको खेलमा पत्रकार र सरकारी विद्यालय ,र मुडा बजारका व्यापारी बिजयी भएका छन ।

पत्रकारले जनप्रतिनिधि लाई २/० गोल अन्तरले पराजित गर्यो । यसै गरि सरकारी विद्यालयले कर्मचारीलाई २/० गोल अन्तरले पराजित गर्दा मुडाका ब्यापारीले आटोको टिमलाई २/१ गोल अन्तरले पराजित गर्यो । यसै गरि प्रतियोगितामा सनिवार बिहान ७:३० बजे बौनिया बजार र संस्थगत विद्यालय बिच खेल हुने मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत खेलाडीहरुको सहभागिता रहेकी थियो ।





