स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

विद्यालय स्तरिय प्रदेश ब्यापी फुटबल प्रतियोगिता : तत्सम एग्रीकल्चर ट्रेडद्वरा प्रथम पुरस्कार प्रायोजन 

बाैनिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि सो प्रतियोगिता हुने अध्यक्ष प्रमोद मल्ल जानकारी दिए ।

 सो प्रतियोगिताको महिला तर्फको प्रथम पुरस्कार कैलालीको टिकापुरमा रहेको तत्सम एग्रीकल्चर ट्रेड प्रा. लि ले गर्ने भएको छ । तत्सम एग्रीकल्चरकि संचालक कोमल ज्ञवालिले बिद्यार्थीको प्रतिभा उजागर गर्न र महिला फुटबलको बिकासका लागी आफुले सहयोग गरेको बताईन । ज्ञवाली आफै पुर्ब खेलाडी समेत हुन । उनले बिधालय स्तरमा महिलाको पनि सहभागिता जनाउनुलाई राम्रो भन्दै महिला बिद्या तर्फको प्रथम पुरस्कार दिन लागेको बताईन । 

प्रायोजनपछि बोल्दै ज्ञवालिले फुटबल प्रतियोगिता संग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अझै सहयोग रहने जानकारी दिईन ।

बिधालय स्तरीय छात्रा/छात्र प्रदेश ब्यापी फुटबल प्रतियोगिता २०८२ को प्रथम प्रायोजन गर्नका लागि बर्दगोरिया स्पोर्ट्स एण्ड ईभेण्ट्सका अध्यक्ष प्रमोद मल्ल र तत्सम एग्रीकल्चर ट्रेड प्रा.लि का संचालक कोमल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

कैलालीको टिकापुरम रहेको तत्सम एग्रीकल्चरले किसानलाई चाहिने मल, बीउ बिजन, थोपा सिचाई औजार , बिषादी लगाएत लोभोल कम्पनीको हार्भेस्टर उपलब्ध गराउदै आएको छ ।

जिल्लामा महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले गत बर्ष छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरेको र उत्साह पुर्ण सहभागिता र महिलाहरुको खेलप्रतिको रुचिले यश बर्ष पनि निरन्तरता दिईएको अध्यक्ष प्रमोद मल्लले बताए । 

प्रतियोगिताले फुटबल खेलाडीको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बर्दगोरियालाई खेलकुदमा अघि बढाउँन प्रमोद मल्लको भूमिका अग्रस्थानमा छ । उनले बर्दगोरियामा तीन चार सिजन क्रिकेट प्रतियोगिता सफलतपुर्बक सम्पन्न गरिसकेका छन । 

प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रदेश भरिका ३२ छात्रा /छात्र को बिधालयलाई समाबेश गराईने छ ।