बाैनिया/जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर १ मा अवस्थित जगत तारा इङ्लिस बाेर्डिङ्ग स्कुलकाे आयाेजनमा पुन ६औं संस्करणको जे.टि कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बिचमा काेराेना लगाएत बिबिध कारणले स्थगित भएको प्रतियोगिताले यश बर्षबाट पुन निरन्तरता पाउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएकाे छ । २०७२ सा बाट २०७६ सालसम्म निरन्तर पाच संस्करण सम्म प्रतियाेगिता सञ्चालन भएको थियो ।
कैलाली जिल्लामा संस्थागत विद्यालय सरकारी विद्यालयको क्रिकेटमा जग बसाउनमा जगत तारा स्कुलकाे भुमिका महत्त्वपूर्ण रहेको क्रिकेट क्षेत्रका जानकार हरुकाे भनाइ रहेको छ ।

यश अघि पाँच संस्करण सम्म सञ्चालन भएको प्रतियोगिताकाे पहिलो संस्करण आयाेजक बिधालयले जित्दा दाेस्राे , तेस्रो र चाैथाे संस्करण काे विजेता टिकापुरमा अवस्थित आर.एम.इ स्कुल भएको थियो । यस्तै पाचौं संस्करणको उपाधि भने लम्किचुहा नगरपालिका काे वलियामा अवस्थित क्याम्ब्रिज इङ्गलिस स्कुलले जितेको थियो ।

प्रतियोगिताकाे फर्म्याट , प्रथम बिजेता पुरस्कार राशि एक लाख एक हजार उप बिजेता एकाउन्न हजार र यहि आउदो असोज १ गते बाट ६औं संस्करणको प्रतियोगिता सन्चलन हुने आयोजकले जानकारी दिएको छ । यश अघिका प्रतियोगिता जस्तै याे बर्ष समेत प्रतियोगिता आयाेजना गर्नमा सम्पूर्ण सराेकार वाला निकायहरूको सहयोग रहने आयाेजकले बिश्वास लिएको आयोजकले बताए।




