स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

शिक्षकको जागिरले घर चलाउन पनि पुग्दैन : प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पनि नपुग्ने बताए ।

अहिले मुलुकको अर्थतन्त्र असहज र अप्ठ्यारो स्थितिमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पनि अर्थतन्त्रले धान्ने गरी सुधारको काम गर्नुपर्ने बताए ।शिक्षकले विद्यालय मात्र नभई बाहिर पनि काम गर्नुपर्ने भन्दै ओलीले यसलाई कतिपयले नबुझेर राजनीति गरेको भन्ने टिप्पणी गरेको बताए।

तर यस्ता कुरामा चिन्ता लिनु नपर्ने भन्दै उनले कुनै समस्या भए सरकार र शिक्षकले संवाद गरेर समाधान गर्न सकिने बताए । आफू नेपाल राष्ट्रिय शिक्षक संगठन गठन भएदेखि नै शिक्षकको पक्षमा आवाज उठाउँदै आएको भन्दै प्रधानमन्त्री ओलीले पदमा नहुँदा पनि व्यक्तिगत रुपमा पनि शिक्षकको पक्षमा काम गरेको बताए ।


शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार र बनाउनुपर्ने ऐन कानुनहरु आपसी सहमतिमै गरिने ओलीले बताए ।